पैदलयात्रुलाई कारबाट ओर्लेर कुट्ने पारस बम प्रहरीद्वारा पक्राउ परेका छन् ।

प्रहरीले कार चालक पारस बमलाई पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताएको छन्।पैदलयात्रुलाई मुक्का हानेको भिडियो आज मंगलबार बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको भिडियोमा देखिएको थियो ।सामाजिक सञ्जाल प्रयोगकर्ताले उपत्यका ट्राफिक प्रहरीलाई भिडियो मेन्सन गर्दै कडा कारबाहीको माग गरेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

भिडियोमा एक महिलाले पनि पैदलयात्रुलाई गाली गरिरहेको भिडियोमा सुनिन्छ ।


