Thursday, February 26, 2026

गौरमा झडप,स्थिति नियन्त्रणमा लिन १२ राउण्ड फायर ४० सेल प्रहार:-

ताजा / भरखरै प्राप्त

गौरमा दुई पक्षबीच झडप : स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीद्वारा १२ राउण्ड हवाई फायर र ४० सेल अश्रुग्यास प्रहार भएको छ ।

राैतहट जिल्लाको गौर नगरपालिका वडा नं. ६ सवगढामा गाउँवासीबीच देखिएको विवाद समाधानका लागि ६ बुन्दे सहमति भएको जनाइएको छ ।

झडपमा परी दुई जना प्रहरी र ६ जना स्थानीय घाइते भएका थिए, झडपामा परी घाइते हुनेहरूमा स्थानीय २७ वर्षिय रामप्रवेश साह,१४ वर्षिय महम्मदिन मियाँ,२० वर्षिय सेख सदित आलम,२७ वर्षिय सेख साहिब मियाँ र ४२ वर्षिय सेख खुर्सेद आलम रहेको छन् । उनीहरुको प्रदेशिक अस्पताल गाैरमा उपचार उपचार भईरहेको राैतहट प्रहरीले जानकारी दिएको छ ।

सवगढा बस्ने सत्य नारायण साहकी छोरीको विवाहको जन्ती राैतहटकै बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिद अगाडी बाजा बजाइएको विषयलाई लिएर मुस्लिम पक्ष र जन्ती पक्षबीच विवाद भएको थियो, दुवै पक्षबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छ ।

झड्पमा ६ जना सामान्य घाइते भएका थिए घाइतेहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो,सबै जनाको स्वास्थ सामान्य रहेको राैतहट प्रहरीले जनाइएको छ।बिहेका बाजाको विषयलाई लिएर आज पुनः विहान १० बजेको समयमा करिब ३०० देखि ४०० जनाको भीड जम्मा भई झडप सुरु भए । स्थिति नियन्त्रण बाहिर जाने थालेपछि, राैतहट जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) र राैतहट जिल्ला सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी श्रोत ले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन १२ राउण्ड ब्ल्याङ्क फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले बताएका छन् ।सोही क्रममा स्थानीय तथा दुई जना प्रहरी समेत घाइते भएका थिए” घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि केहीलाई डिस्चार्ज गरिएको उनले बताए ।

घटनापछि,वार्ता साकारात्मक ६ बुंदे सहमती भएको जनाइएको छ,राैतहट जिल्लाको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेस सागर भुसालको प्रमुख उपस्थितिमा आज दिउँसो ३ बजे देखि दुवै पक्षका प्रतिनिधिलाई बोलाई वार्ता सुरु गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन गाैरका प्रमुखले सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन अपिल गरेका छन् । हिन्दु पक्ष र मुस्लिम पक्ष बीच सौहादपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको बताइएको छ । दुबै पक्ष बीच ६ बुंदे सहमती भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles