रौतहट । रौतहटमा कर्फ्यू आदेश जारी भएको छ ।गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।जिल्ला प्रशासन कार्यालयका अनुसार, शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।घटनापछि शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको छ । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।


