Thursday, February 26, 2026

दुई हबलदारसहित १२ जना नेपाल प्रहरी सम्पर्कबिहीन:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीले लामो समयदेखि गैरहाजिर रहेका दुईजना प्रहरी हबलदारसहित १२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार सूचना प्रकाशित गर्दै विभिन्न दरबन्दीमा कार्यरत १२ जना कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेको जनाएको छ ।

कार्यालयका अनुसार उनीहरूलाई सात दिनभित्र स्पष्ट कारणसहित हाजिर हुन निर्देशन दिइएको जनाइएको छ।सूचनाअनुसार २ जना प्रहरी हबलदार, ९ जना प्रहरी जवान र एकजना कार्यालय सहयोगी गैरहाजिर रहेका छन् ।प्रहरी प्रधान कार्यालयले तोकिएको समयभित्र सम्पर्कमा नआए प्रचलित कानुनबमोजिम सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles