पर्साका वीरगञ्जबाट चितवन जाँदै गरेको बस मनहरी–७ बिजौनामा दुर्घटनाग्रस्त, २२ जना यात्रु घाइते भएका छन् । आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७, बिजौनास्थित पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस सडकबाट बाहिरिँदै विद्युत् पोलमा ठोक्किएको हो।
दुर्घटनामा घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाइएको चितवनको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाईं छ।


