Thursday, February 26, 2026

गौरमा साम्प्रदायिक तनाव वडाध्यक्ष अवधकिशोर तेली पनि पक्राउ:-

ताजा / भरखरै प्राप्त

गौरमा भएको साम्प्रदायिक झडपपछि गौर नगरपालिका–६ का वडाध्यक्ष अवध विहारी प्रसाद तेली पनि पक्राउ परेका छन् ।सबगढा क्षेत्रमा सुरु भएको विवादलाई मत्थर पार्नुको सट्टा भड्काउन भूमिका खेलेको आरोप लागेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।
तेली नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित वडाध्यक्ष हुन् र पार्टी अध्यक्ष माधव नेपाल निकट मानिन्छन् । प्रहरी उच्च स्रोतका अनुसार उनीमाथि हिन्दु समुदायतर्फबाट हिंसात्मक गतिविधि बढाउन उक्साएको आरोप लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले वडाध्यक्ष तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। उनका अनुसार घटनाबारे विस्तृत छानबिन अघि बढाइएको छ।
यसअघि सोही घटनामा जनमत पार्टीका जिल्ला संयोजक एवं सोही वडाका पूर्व वडाध्यक्ष शेख जमशेदलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles