गौरमा दुई दिनदेखि उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रण तथा शान्ति स्थापना गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
राैतहटको सदरमुकाममा साम्प्रदायिक दंगागराउने कार्यमा संलग्न रहेका वर्तमान र पूर्व वडा अध्यक्ष सहित २३ जना राैतहट प्रहरीको नियन्त्रणमा रहेको छन्।
राैतहटको जिल्ला प्रशासन कार्यालय गाैरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ,प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठकले पाँच बुँदे महत्वपूर्ण सहमति भएको हो ।गत, बिहीबार राति ८.३० बजेदेखि जन्तीमा बाजा बजाएको बिषयलाई लिएर सुरु भएको विवादले फागुन ८ गते, उग्र रूप लिएर दुई समुदाय बीच झड्प भएको थिए ।त्यसपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा ६ बुंदे सहमती गराएर शान्ति सदभाव कायम गर्न प्रतिबद्धता गरेको १२ घण्टा नबित्दै पुनः धार्मिक सदभावमा खलल पुयाएर व्यक्तिको घर, सार्वजनिक सम्पत्ती, मस्जिद तथा सावरी साधनहरु माथि गरिएको तोडफोड आगजनी पश्चात स्थानीय प्रशासनले अवस्थालाई नियन्त्रणमा लिए कडा कदम चाल्दै हिजो दिउँसो १ बजेदेखि कर्फयु लागू गरेको थियो,कर्फयु आज आइतबार विहान दुई घण्टाको लागि खुकुलो गरिएपनि आज विहानै ९ बजे देखि यथावतै राख्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ,बैठकका प्रमुख निर्णयहरूःघटनाप्रति आपत्ती व्यक्त गर्दै शान्तिपूर्ण वातावरण कायम गर्न सबै सरोकारवाला पक्षबाट संयुक्त सार्वजनिक अपिल गरेको छ, रसबगढामा विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमीको सहभागितामा जिल्ला सुरक्षा समितिले औपचारिक छलफल तीव्र बनाउने, रअन्तर्राष्ट्रिय घटनालाई तोडमरोड गरी सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्तिहरू विरुद्ध आवश्यक कारबाहीका लागि सुरक्षा निकायलाई सहयोग गर्ने ।धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्ने तत्वमाथि निगरानी कडा पारिएको र पक्राउ परेकाहरू दोषी ठहरिए कानुनी कारबाही गर्ने,जिल्लाभर धार्मिक–सामाजिक सद्भाव सुदृढ गर्न नागरिक समाजको अगुवाइमा भोलि बिहान ७ः३० बजे, देखि राैतहटको सबगढामा सद्भाव रयाली आयोजना गर्ने,जिल्ला प्रशासन रौतहटले शान्ति र सद्भावको सन्देश प्रवाह गर्न सबै समुदायलाई संयमता अपनाउन आग्रह गरेको छ । स्थानीयवासीलाई अफवाहमा नलाग्न र सत्य सूचनाको मात्र अनुसरण गर्न प्रमुृख जिल्ला अधिकारी भुसालले अपिल जारी गरेको छन्” रउक्त बैठकमा गौर नगरपालिकाको मेयर शम्भु साह, राजपुरका मेयर डा. राजिक आलम, परोहाका मेयर शेख वकिल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजाल, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक (एसपी) रामहरी अधिकारी, नेपाली सेनाका कर्णेल विश्वास विष्ट, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नागरिक समाजका अध्यक्ष जगन्नथ प्रसाद केसरी, राजनीतिक अगुवा रेबन्त झा, रामचन्द्र गिरी, मोहन यादव, अनिल सिंह सहितका विभिन्न राजनीतिक दलका नेताहरुको साथै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रबीन्द्रनाथ गोपाली, नेपाल पत्रकार महासंघका सचिव गौतम श्रेष्ठ, सबगढाका स्थानीय मुस्लिम र हिन्दु पक्षका अगुवाहरुको उपस्थितिमा सर्वपक्षिय बैठक सम्पन्न भएर शान्ति सदभाव कायम राख्न अपिल समेत जारी गरिएको जनाइएको छ ।

दुई समुदाय बिचको समस्या समाधानको लागि आज बसेको सर्वदलीय बैठकले निम्न अनुसारको निर्णय गरेको छ ।
,


