वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा एक समूहले एक युवामाथि धारिलो हतियारले प्रहार गरेको घटनापछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको जनाइएको छ । घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्” भने स्थिति नियन्त्रणमा लिन पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेका छन् ।

दुई समुदाय बिच विवाद सामान्य गर्न ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ, दुई समुदायबीच जारी विवादमा भीड उत्तेजक भएपछि, पर्सा प्रहरीद्वारा लाठी चार्ज पनि गरिएको जनाइएको छ ।

वीरगञ्जको श्रीपुर क्षेत्रमा दुई समुदायबीच विवाद चर्किएको स्थानीयले बताउँछन् “स्थानीयका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा तलवार प्रहार भएको स्थानीयले दाबी गरेका छन् ” घटनापछि उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ भने सुरक्षा निकायबाट ठुलो प्रहरी परिचालन गरिएको छ।प्रहरीले स्थिति नियन्त्रणमा लिन सफल भएको छ, र घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

झडपका क्रममा दुई जनाको टाउको फुटेको छ भने केही अन्य व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ।

उक्त घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक हरीबहादुर बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको जनाइएको छ। पर्सा प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा आईसकेको छ,।उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई समेत व्यापक रूपमा परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


