फुलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिको सकुशल उद्धार गर्न सफल नेपाल प्रहरी ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार गरिएका व्यक्ति ४० वर्षीय सोमबहादुर तामाङ हुन्। उनी टौखेल क्षेत्रबाट पाँच दिनअघि हराएका थिए।
आइतबार जंगल क्षेत्रबाट मान्छे कराएको आवाज आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि ललितपुर प्रहरीको टोली तत्काल जंगल क्षेत्रमा पुगेर खोजी कार्य तीव्र बनाएको थियो। खोजी अभियानका क्रममा तामाङलाई जंगलभित्रै फेला पारिएको प्रहरीले जनाएको छ।


