प्रहरी प्रधान कार्यलयले सुरक्षा संवे-दनशीलतालाई ध्यानमा राख्दै झापा जिल्ला र सर्लाही जिल्लामा १-१ जना प्रहरी उपरीक्षक (एसपी) खटाउने तयारी गरेको जनाइएको छ । निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्था कडा पारिएको र यसै सिलसिलामा झापा र सर्लाहीमा हेर्ने गरि अतिरिक्त महानिरीक्षक एआजी र एसपीहरुलाई परिचालन गर्न लागिएको प्रहरीको स्रोतले जनाएको हो ।
निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन प्रहरीले सुरक्षा ब्यबस्था कडा बनाएका छन् ।


