Thursday, February 26, 2026

मोहम्मद इस्तखारको पकहाँ मैनपुमा घरदैलो कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

मोहम्मद इस्तखारले मतदाताहरुको भेटघाटमा,मोबाइल छापमा मतदान गर्नु आग्रह गरेको छन् ।

मोहम्मद इस्तखारले पर्सा जिल्लाको क्षेत्र नम्बर-३ अन्तर्गत पकहाँमैनपुर गाउँपालिका-सुर्जाहा गाउँमा घरदैलो कार्यक्रम मतदाताहरु संग भेटेर मोबाइल छापामा मतदान गर्नु आग्रह गरेको छन् ।


आम जनता पार्टीका उम्मेदवार इस्तखारले स्थानीय मतदाताहरु सँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना तथा प्रतिबद्धताबारे जानकारी दिएका थिए ।
घरदैलोका क्रममा उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो चुनाव चिन्ह मोबाइल छाप रहेको र मोबाइल छापमा मतदान गर्न आग्रह गरेको छन् । युवाको सशक्त प्रतिनिधित्व, शिक्षा–स्वास्थ्य सुधार, कृषि तथा पूर्वाधार विकास र पारदर्शी सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । उनले भन्ने, “अबको राजनीति युवाको हातमा हुनुपर्छ ।
पर्सा–३ को समग्र विकासका लागि नयाँ सोच र ऊर्जा आवश्यक छ।” स्थानीयवासीहरूले पनि विकास, रोजगारी र आधारभूत सेवाका विषयमा आफ्ना सुझाव तथा गुनासा राखेका थिए।
कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको जनाइएको छ ।
निर्वाचन नजिकिँदै जाँदा प्रतिनिधिसभाका उम्मेदवार इस्तखारले घरदैलो अभियानलाई तीव्रता दिँदै जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles