Thursday, February 26, 2026

जसपा उम्मेदवार रामनरेश यादवप्रति बढ्दो जनआकर्षण,घर-घरमा चुनावी चर्चा तीव्र:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामनरेश यादव प्रति स्थानीयस्तरमा जनआकर्षण बढ्दै गएको देखिन्छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समाजसेवी तथा लोकप्रिय नेताका रूपमा चिनिएका यादवको चर्चा घर–घरमा चुलिएको स्थानीय रम्भा देवीले बताएकी छिन् ।
निमुखा, दलित तथा पछाडि पारिएका समुदायका हक–अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको जसपा र त्यसको उम्मेदवारका रूपमा रामनरेश यादवप्रति स्थानीयको रुचि बढेको देखिएको छ। विशेषगरी सामाजिक न्याय, समान अधिकार र समावेशी विकासका एजेन्डाले मतदातालाई आकर्षित गरेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
बिहीबार उम्मेदवार यादव पर्सा–१ अन्तर्गतका विभिन्न वडामा जनसम्पर्क अभियानका क्रममा पुग्दा स्थानीयले उनलाई राजनीतिक रूपमा प्रतिबद्ध र सामाजिक सेवामा सक्रिय नेताका रूपमा स्वागत गरेका थिए। स्थानीयवासीले यादवलाई “जनताको दुःख–सुख बुझ्ने, सहज पहुँच भएका र व्यवहारिक नेता” भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।


घरदैलो तथा भेटघाटका क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, दलित तथा विपन्न समुदायको सशक्तीकरणलाई आफ्नो प्राथमिकता रहने स्पष्ट पारेका छन्। उनले निर्वाचन जितेपछि जनतासँग प्रत्यक्ष संवादमै आधारित भएर विकासका काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles