सशस्त्र प्रहरी बल नेपालले भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफलसहित एक जनालाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईं रहेका छन् ।सेढाईंलाई मंगलबार सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले भक्तपुरस्थित आफ्नै कोठाबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार, उनको कोठाबाट राइफलसहित ,४ वटा एसएलआरको गोली, प्लास्टिक राउन्ड २, सर्ट गनमा लाग्ने राउन्ड १ वटा, एक थान खुकुरी तथा सोको दाप २ थान, बन्चरो १ र सिरिन्ज ५ वटा बरामद भएको छ । उक्त राईफल तथा हतियारमा लाग्ने गोली जेनजी आन्दोलनमा लुटिएको हुनसक्ने आशंका गरिएको छ ।हाल सेढाईंलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।


