पर्सा क्षेत्र नं ४ का उमेदवार टेकबहादुर शाक्यद्वारा ११ लाख ७२ हजार रुपैयाँ बराबरकाे चुनावी खर्च सार्वजनिक गरको छन् ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर चार-बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद टेकबहादुर शाक्यले आफ्नो चुनावी खर्च ११ लाख ७२ हजार ३५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
निर्वाचन आयोगमा बुझाइएको खर्च विवरण अनुसार प्रचार–प्रसार, सभा–सम्मेलन, यातायात तथा अन्य व्यवस्थापनमा उक्त रकम खर्च भएको शाक्यले जनाइएको छन् ।
शाक्यले निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्न खर्च विवरण सार्वजनिक गरिएको बताएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावपछि तोकिएको समयभित्र आफ्नो सम्पूर्ण खर्च विवरण बुझाउन अनिवार्य गरेको जनाइएको छ।


