नयाँ दरभाउ अनुसार अब उपभोक्ताहरुले प्रतिलिटर महँगो पेट्रोल किन्नुपर्ने भएको छ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र आयात लागतका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ ।मूल्य वृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजेलको १५२ रुपैयाँ पुगेको जनाइएको छ ।


