Thursday, April 2, 2026

चितवनको भरतपुरबाट काठमाडौंको हवाई भाडा पाँच हजार ९७३ रुपैयाँ:-

ताजा / भरखरै प्राप्त

हवाई इन्धनको मूल्य दोब्बर बढेसँगै नेपालमा हवाई भाडा उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार इन्धनको मूल्य (फ्युल सर्चाज) बढेपछि भाडादर समायोजन गरिएको हो।
नयाँ दर अनुसार भरतपुर–काठमाडौं उडानको भाडा ५ हजार ९७३ रुपैयाँ २० पैसा पुगेको छ, जुन पहिले ४ हजार ६ सय रुपैयाँ थियो। भरतपुर–पोखरा रुटको भाडा ६ हजार १७३ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं–धनगढी रुटको अधिकतम भाडा २३ हजार ५९ रुपैयाँ पुगेको छ। वायुसेवा सञ्चालक संघका अनुसार नयाँ भाडादर कार्यान्वयनमा आइसकेको छ। एयरलाइन्स कम्पनीहरूले बढ्दो डलर दर र इन्धन मूल्यका कारण सञ्चालनमा चुनौती बढेको बताएका छन्।

अन्य रुटहरूमा पनि भाडा वृद्धि भएको छ। काठमाडौं–भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँदेखि अधिकतम १५ हजार ८३७ रुपैयाँसम्म पुगेको छ। काठमाडौं–विराटनगर रुटमा न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७६५ रुपैयाँ निर्धारण गरिएको छ भने काठमाडौं–जनकपुरमा न्यूनतम ५ हजार ५६५ र अधिकतम ७ हजार ७० रुपैयाँ पुगेको छ।

त्यस्तै, काठमाडौं–पोखरा रुटमा न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६०५ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–भैरहवा रुटमा न्यूनतम ७ हजार ६ रुपैयाँ र अधिकतम ११ हजार १६ रुपैयाँ तथा काठमाडौं–नेपालगन्जमा न्यूनतम १० हजार ८ सय र अधिकतम १७ हजार १४८ रुपैयाँ पुगेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles