नेपाल प्रहरीका झण्डै तीन हजार प्रहरी सहायक हवल्दारहरुको सरुवा भएको जनाइएको छ ।आज शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागले २ हजार ९१५ प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको बताइएको छ ।
आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले आगामी वैशाख महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


