Wednesday, April 8, 2026

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, भएको छ,सुधन गुरुङ पाचौं नम्बरमा:-

ताजा / भरखरै प्राप्त

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर भएको जनाइएको छ । यसअघि तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं नम्बरमा पुगेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरियतामा अर्थमन्त्री स्वर्णिम वाग्ले यथावत रहेको छन् ”

भने नयाँ मर्यादा अनुसार तेस्रो वरियतामा परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन् ” चौथौमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन् ” पाचौं वरियतामा गृहमन्त्री गुरुङ रहेका जनाइएको छ , छैटौं वरियतामा भौतिक पूर्वाधार तथा यातायात; सहरी विकासमन्त्री सुनिल लम्साल रहेका छन् “
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौं वरियतामा रहेकी छिन् ” यसपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या, खानेपानीमन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि: युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल रहेका छन् ” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल बाह्रौ नम्बरको वरियतामा छन्”
त्यसपछि, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरणमन्त्री गीता चौधरी रहेको छन् ” वरियताको अन्तिम नम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साह रहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles