Wednesday, April 8, 2026

पर्साको छिपहरमाई-४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयभित्रै कुटपिट तथा धम्की दिएको आरोप सार्वजनिक भएको छ। मंगलबार बिहान करिब ७ बजे केशव तिवारीलाई छलफलका लागि बोलाएर कार्यालयभित्रै दुर्व्यवहार गरिएको दाबी ।पीडित तिवारीका अनुसार उनले सामाजिक सञ्जालमा लेखेको पोस्ट हटाउन दबाब दिन उनलाई वडा कार्यालयमा बोलाइएको थियो। उक्त पोस्टमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष लिलावती देवी कानुका छोरा सन्तोष साह कानुलाई श्री मंगल उच्च माध्यमिक विद्यालयमा एसईई परीक्षार्थीलाई अनुचित सहयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको विषय उल्लेख गरिएको थियो।तिवारीको भनाइअनुसार छलफलको बहानामा बोलाएर कार्यालयको गेट बन्द गरी उनलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिइएको थियो। उनले सो घटनामा नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव किशोरी शाह कानु र किशोरी शाह कानुको छोरा सोनु शाह कानु लगायत व्यक्तिहरूको संलग्नता रहेको दाबी गरेका छन्।त्यसैगरी वडा नं. ४ का वडा अध्यक्ष रमेश्वर महतो केवातसहित केही वडा प्रतिनिधिहरूको पनि घटनास्थलमा उपस्थिति रहेको तिवारीले बताएका छन्। बिहानै कार्यालय खोलेर योजनाबद्ध रूपमा आफूलाई बोलाएर कुटपिट तथा धम्की दिएको उनको आरोप छ।पीडितका अनुसार घटनाका क्रममा उनको मोबाइल फोनसमेत खोसिएको थियो। सो मोबाइलबाट उनले प्रकाशित गरेको सामग्री हटाउन बाध्य पारिएको र “समाचार झुटो हो” भन्ने आशयको पोस्ट आफ्नो सामाजिक सञ्जाल खाताबाट जबर्जस्ती गराइएको दाबी गरिएको छ। साथै, उनलाई धकेल्दै कार्यालयबाट बाहिर निकालिएको र ज्यान मार्ने धम्की दिइएको पनि उनले बताएका छन्।घटनापछि सम्बन्धित पक्षबाट सामाजिक सञ्जालमा स्क्रिनसट सार्वजनिक गरी अपमानजनक भाषा प्रयोग गरिएको आरोप पनि तिवारीले लगाएका छन्।यस घटनाले स्थानीय तहको कार्यालयभित्रै नागरिकमाथि हुने व्यवहार तथा सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ। घटनाबारे सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles