Tuesday, May 26, 2026

विद्यालयको बाउन्ड्रीभित्र बाटो विवादमा झडप,दुई पुरुष तीन महिला घाइते:-

ताजा / भरखरै प्राप्त

विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सा जिल्लामा झडप—दुई जना पुरुषसहितको तीन महिला घाइते भएका छन्

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर २ टिहुकीमा विद्यालयको बाउन्ड्रीभित्रबाट बाटो निकाल्ने विषयमा विवाद हुँदा झडप भएको र झडपमा पाँच जना घाइते भएका छन् । घटनामा दुई पुरुष र तीन जना महिला घाइते भएकी छन् ।

स्थानीयका अनुसार छिपहरमाई–२ निवासी बलिस्टर साह कानुको खेतसँग जोडिएको श्री ने.रा.प्रा.वि. टिहुकीको पूर्वतर्फको खेतबाट विद्यालयको बाउन्ड्रीभित्रै बाटो निकाल्न खोज्दा विवाद सुरु भएको स्थानीयले बताउँछन् ।

विद्यालयको जग्गाभित्रबाट किन बाटो निकाल्न खोजिएको हो भन्ने विषयमा स्थानीय बासिन्दाले प्रश्न उठाएपछि स्थिति तनावग्रस्त बनेको बताइएको छ।विवादका क्रममा बलिस्टर साह कानु र उनका नातामा भिनाजु पर्ने विद्यालयका प्रधानाध्यापक सतरोहन साह कानुसहित संजय साह, रोविन साह, इस्राइल देवान, मोतीलाल यादव, अशोक महतो, मुक्ति साह र सिताराम साह कानुलगायत बलिस्टर साह कानुका आफन्तहरू तथा स्थानीयबीच भनाभन भएको थियो, सोही क्रममा विवाद चर्किँदै गएपछि कुटाकुटको अवस्था सिर्जना भएको स्थानीयहरूले बताएका छन् ।

झडपमा बडकी टिहुकीका जुवेद आलम, दिपी यादव तथा महिलातर्फ खुशबु खातुन, बुचि खातुन र जमिला खातुन घाइते भएका छन् ।

घाइतेमध्ये जुवेद आलम र दिपी यादवको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ, भने जमिला खातुन चार महिनाकी गर्भवती रहेको जनाइएको छ ।घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि पर्साका वीरगंजस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि वीरगंजकै स्पर्श मल्टिस्पेसियलिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles