Saturday, June 6, 2026

धनुषा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक रुपेश खड्कालाई

ताजा / भरखरै प्राप्त

​जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले पाएका छन् । यसअघिका प्रहरी प्रमुख अमेन्द्र बहादुर सिंह एसएसपीमा बढुवा भएपछि रिक्त रहेको स्थानमा प्रहरी प्रधान कार्यालयले खड्कालाई जिम्मेवारी दिएको जनाइएको छ ।

मधेश प्रदेशको सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिने धनुषामा प्रहरी नेतृत्व फेरिने क्रम रोकिएको छैन । शान्ति सुरक्षा, सीमापार अपराध नियन्त्रण, राजनीतिक गतिविधि र आर्थिक चलखेलका दृष्टिले महत्वपूर्ण मानिने जिल्ला प्रहरी कार्यालय धनुषाले पछिल्लो एक वर्षमा पाँचौँ प्रहरी प्रमुख पाएको छ । प्रहरी संगठनभित्रको शक्ति संघर्ष, व्यवसायीसँगको सम्बन्धलाई लिएर उठेका प्रश्न तथा नेतृत्वबीचको असमझदारीका कारण बारम्बार प्रहरी प्रमुख फेरिँदा जिल्लाको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ ।यसपटक जिल्ला प्रहरी कार्यालय धनुषाको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का ले सम्हालेका छन् । यसअघिका जिल्ला प्रहरी प्रमुख अमरेन्द्रबहादुर सिंह प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि रिक्त भएको पदमा खड्का खटिएका हुन् । तर, यो केवल नियमित सरुवा वा पदस्थापनाको विषय मात्र होइन । पछिल्लो एक वर्षमा धनुषामा देखिएको नेतृत्व अस्थिरता, आन्तरिक विवाद र विभिन्न विवादास्पद घटनाक्रमको निरन्तरता पनि हो ।एक वर्षमा पाँच प्रहरी प्रमुख : संयोग कि प्रणालीगत समस्या ?धनुषा जस्तो महत्वपूर्ण जिल्लामा एक वर्षभित्र पाँच जना जिल्ला प्रहरी प्रमुख परिवर्तन हुनु सामान्य प्रशासनिक प्रक्रिया मान्न सकिँदैन । सुरक्षा विश्लेषकहरूका अनुसार बारम्बार नेतृत्व फेरिँदा प्रहरी संगठनको दीर्घकालीन योजना, अनुसन्धानको निरन्तरता र कमाण्ड संरचनामा प्रत्यक्ष असर पर्छ ।धनुषामा प्रहरी प्रमुख परिवर्तनको शृङ्खला तत्कालीन एसपी भुवनेश्वर तिवारी को सरुवाबाट सुरु भएको थियो । व्यवसायीसँगको लेनदेनसम्बन्धी आरोप र त्यससँग जोडिएका विवादले उनको कार्यकाल चर्चामा रह्यो । संगठनभित्र र बाहिर दुवैतर्फबाट प्रश्न उठेपछि अन्ततः उनको सरुवा भयो ।तिवारीपछि जिम्मेवारी सम्हालेका एसपी नरहरि रेग्मी पनि लामो समय टिक्न सकेनन् । उनीमाथि पनि व्यवसायिक क्षेत्रसँगको सम्बन्ध र आर्थिक चलखेलसम्बन्धी आरोपहरू उठे । यद्यपि आरोपहरू औपचारिक रूपमा प्रमाणित भएनन्, तर विवादको दबाबले उनको कार्यकाल छोट्यायो ।डीआईजी र एसपीबीचको टकरावले बदलियो कमाण्डरेग्मीपछि धनुषा प्रहरीको नेतृत्व सम्हालेका एसपी रुगमबहादुर कुवर को कार्यकाल झन् बढी चर्चित बन्यो । प्रहरी स्रोतहरूका अनुसार कुवर र तत्कालीन मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया बीच सम्बन्ध सुमधुर थिएन । कुवरमाथि प्रदेश प्रहरी नेतृत्वको निर्देशनअनुसार काम नगरेको आरोप लाग्यो । अर्कोतर्फ, कुवर निकट स्रोतहरूले भने केही व्यवसायिक समूह र प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्धलाई लिएर उत्पन्न भएको मतभेदले विवाद चर्किएको दाबी गरेका थिए ।प्रहरी संगठनभित्र खुला रूपमा नदेखिने शक्ति संघर्षको असर अन्ततः सरुवाको रूपमा देखियो । कुवरलाई धनुषाबाट हटाइयो र नयाँ नेतृत्व पठाइयो ।अमरेन्द्र सिंहको छोटो कार्यकालकुवरपछि जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी अमरेन्द्रबहादुर सिंह आएका थिए । उनी संगठनभित्र सक्षम अनुसन्धान अधिकृतका रूपमा चिनिन्थे । धनुषामा उनीबाट स्थायित्व आउने अपेक्षा गरिएको थियो ।तर, उनको कार्यकाल पनि लामो समय टिकेन । कारण विवाद होइन, बढुवा बन्यो । छोटो अवधिमै एसएसपीमा बढुवा भएपछि उनले धनुषा छाड्नुपर्‍यो । यससँगै फेरि एकपटक धनुषा प्रहरी नयाँ नेतृत्वको खोजीमा पुग्यो । त्यही रिक्तता पूर्ति गर्न अहिले एसपी रुपेश खड्कालाई धनुषा जिल्ला प्रहरी प्रमुखमा पठाइएको जनाएको छ ।नवनियुक्त जिल्ला प्रहरी प्रमुख रुपेश खड्का नेपाल प्रहरीका अनुभवी अधिकृतमध्ये एक मानिन्छन् । २०६१ जेठ १५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भएका उनले विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनमा आफ्नो करिअर अघि बढाएका छन् ।२०७१ फागुन ११ गते उनी प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएका थिए भने २०८० जेठमा प्रहरी उपरीक्षक (एसपी) बनेका थिए ।प्रहरी सेवाको दुई दशकभन्दा लामो अनुभव बोकेका खड्काले अनुसन्धान, प्रशासन तथा जिल्लास्तरीय कमाण्डको क्षेत्रमा काम गरिसकेका छन् । धनुषा आउनुअघि उनले जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व सम्हालेका थिए ।सुर्खेतमा रहँदा उनले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा समुदायसँगको समन्वयमा सक्रिय भूमिका खेलेको प्रहरी स्रोतहरू बताउँछन् ।विगतको विवाद फेरि चर्चामाखड्काको नियुक्तिसँगै उनको विगत पनि पुनः चर्चामा आएको छ । उनी डीएसपी रहेका बेला संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति मिसनमा जाने प्रहरी कर्मचारीका लागि सञ्चालन हुने प्रि–स्याट छनौट परीक्षासम्बन्धी विवादमा मुछिएका थिए ।प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिनमा परीक्षा प्रश्नपत्र बाहिरिएको घटनामा उनको नाम जोडिएको थियो । त्यसबेला उनीमाथि विभागीय कारबाही सिफारिस गरिएको थियो ।तर, आश्चर्यजनक रूपमा कारबाही प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न सकेन । बरु, कारबाही सिफारिसकै बीच उनी संगठनमा अघि बढ्दै अन्ततः एसपी पदमा बढुवा भए ।यो विषय अहिले पनि प्रहरी वृत्तभित्र बेलाबेलामा चर्चामा आउने गरेको छ । यद्यपि उनीमाथि कुनै अन्तिम विभागीय सजाय लागू नभएकाले कानुनी रूपमा उनी निर्दोषकै हैसियतमा छन् ।धनुषा प्रहरीको नेतृत्व सम्हाल्नु कुनै सामान्य जिम्मेवारी होइन । भारतसँग खुला सीमा जोडिएको जिल्ला भएकाले यहाँ तस्करी, लागूऔषध कारोबार, अवैध आर्थिक गतिविधि, सीमापार अपराध, मानव बेचबिखन तथा राजनीतिक संवेदनशीलता सधैं चुनौतीका रूपमा रहने गर्छन् ।त्यसमाथि पछिल्लो समय प्रहरी नेतृत्व बारम्बार परिवर्तन हुँदा संगठनभित्र स्थायित्वको अभाव देखिएको छ ।प्रहरी स्रोतहरूका अनुसार जिल्लामा कार्यरत अधिकृत तथा जवानहरू पनि नयाँ नेतृत्वसँग पुनः कार्यसम्बन्ध स्थापित गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् । यसले कमाण्ड चेनमा समेत प्रभाव पार्ने गरेको बताइन्छ ।किन दोहोरिन्छ विवाद ?धनुषामा प्रहरी नेतृत्व बारम्बार विवादमा पर्नुको कारण केवल व्यक्तिगत कमजोरी मात्र नभएको विश्लेषकहरू बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles