फैसला कार्यान्वयन गर्ने अभियान अन्तर्गत रौतहटमा लामो समयदेखि फरार रहेका १७ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय सहितको निकायबाट दण्ड जरिबाना तोकिएर फरार रहेका १७ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुटपिट मुद्दामा संलग्न गरुडा नगरपालिका ७ का रामदेव यादवसहित १३ जना,
वडा ५ का अभद्र व्यवहार मुद्दाका कारण यादव,
वडा १ का सवारी अङ्गभङ्ग मुद्दाका हरिशचन्द्र यादव र गौर ३ का अनुचित लेनदेन मुद्दाका भागरिथ साह रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताउनु
भएका छन् ।