
रुपन्देही प्रहरीले ५० लाख
रुपैयाँ मूल्य बराबरको
सुनसहित बुटवलबाट दुई
जनालाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु
वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि
मिया र सोही नगरपालिकाका वडा नम्बर
७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक
सन्तोष सुनार रहेको प्रहरीले जनाएका छन् ।
बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् ।