मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा
पक्राउ परेकी छन् ।
झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौँ बस्दै आएकी २८ वर्षीया मेनुका धिताललाई प्रहरीले पक्राउ गरेको हो ।
उनले थाहा नगरपालिका धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशुलाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले दिदीको घरबाटै नियन्त्रणमा लिएको हो ।४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले
जनाएको छ ।
प्रहरीले ती युवकको
खोजी कार्य थालेको छ ।


