Wednesday, April 22, 2026

मृग भनेर हानेको गोलीबाट साथी मृत्यु ;

ताजा / भरखरै प्राप्त

जिल्ला खोटाङ मृग भनेर हानेको गोली साथीलाई लागेपछि साथीको मृत्युु

खोटाङको सिकार खेल्न सँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।

फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी
एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिएका छन् ।

“रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् ।
मृग भनेर चेतनले गोली चलाएका रहेछन् ।
तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ”, उनले भने, “गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको चेतनले स्वीकार गरिसकेका छन् ।”

फेदीको पिपिङस्थित गाउँ नजिकैको जंगलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको
र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles