नक्कली प्रहरी निरीक्षक बनेर ठगी गरेको आरोपमा ३८ वर्षीय सुदीप थापालाई प्रहरीले पक्राउ गरेको छ।
थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको छ, प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले आफू प्रहरी निरीक्षक भएको
भन्दै क्यानडा र अस्ट्रेलियामा पठाइदिने आश्वासनमा ठगी गरेका थिए।
थापाले प्रहरी निरीक्षकको पोशाकमा खिचिएका फोटोहरू प्रयोग गरी उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढाएका थिए। थापा सँग नक्कली परिचय पत्र र बर्दी लगाएको ४ वटा फोटो समेत फेला
परेको प्रहरीले बताउँछन् ।
प्रहरीले थापाको साथबाट विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको नक्कली पत्र पनि बरामद गरेको छ ।
यसै घटनामा संलग्न कोटेश्वर-३२ स्थित मार्सल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी
दिएको छ।