Saturday, March 15, 2025

टिप्परको ठक्करबाट १ को मृत्यु २ जना घाईते:-

ताजा / भरखरै प्राप्त

जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ ईनर्वा स्थित ईनर्वा चौकबाट तेलकुवा तर्फ जादै गरेको BR 01 FK 9640 नम्बरको भारतिय मोटरसाईकल र बिपरित दिशा बाट आउँदै गरेको ना.७ ख २९६६ नम्बरको टिप्पर एक आपसमा ठोकिए पछि, एक जनाको मृत्युु दुई जना घाईते भएको बाराका प्रहरी जनाएको छन् ।

घाईते भएको सूचना प्राप्‍त हुन साथ घटना स्थलमा प्रहरी टोली पुगी तत्काल घाईतेहरूलाई उपचारको लागी प्रादेशिक अस्पताल कलैया बारामा लगिएको प्रहरीले बताउँछन् ।

उपचारका पश्चात चिकित्सकले चेकजाँचको क्रममा एकजना व्यक्तिको मृत्यु घोषणा गरेको छ,
र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई सवारी ज्यान कसूर मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालतबाट दिन (सात)दिन म्याद लिई थप अनुसन्धान कार्य भई रहेको बारा प्रहरीले बताएको छन् ।

मृत्युुहुनेमा मो.सा.चालक जिल्ला रौतहट बृन्दाबन न.पा.१ बिश्रामपुर टोल बस्ने राकेश पटेलको छोरा बर्ष अं.२० को सैनिक पटेल भन्ने बिशेष कुमार पटेल रहेको छन् ।

मो.सा.पछाडी सवार जिल्ला बारा महागढीमाई न.पा.७ रहुवाई बस्ने बर्ष अं.२० सुशान्त पटेललाई, पर्साका बिरगंज बयोधा अस्पताल पर्सामा उपचार भई रहेको
मो.सा.पछाडी सवार ऐ.वडा नं.९ पिपरा बस्ने बर्ष अं.२१ को शिव पुजन पटेल रहेको छन् ।
धाईते भएका दुबैजनालाई बयोधा अस्पताल पर्सामा उपचार भई रहेको प्रहरीले बताएको छन् ।

टिप्पर चालक जिल्ला बारा आदर्शकोतवाल गा.पा.१ जमुनिया बस्ने बर्ष अं.२७ को राकेश साहरहेको बाराका प्रहरीले बताएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles