Wednesday, March 19, 2025

प्रहरी सङ्गठनलाई बदनाम गराउने इन्स्पेक्टरलाई विभागीय कारबाही प्रकृया सुरु:-

ताजा / भरखरै प्राप्त

एम.डी.मोजिबुल्लाहज्यू
द्वारा,राैतहट ।
फागुन १८, २०८१ आज,आइतबार ।

प्रहरी सङ्गठनलाई बदनाम गराउने इन्स्पेक्टरलाई विभागीय कारबाही प्रकृया सुरुभएको बताइएको छ ।

फागुन १८।
सिङ्गो नेपाल प्रहरी सङ्गठनलाई बदनाम गराउने जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर रामकुमार महतोमाथि विभागीय कारबाही सुरु गरिएको छ ।
ईन्सपेक्टर महतोको माग अनुसार मुद्दा फाँट नपाएको रिसमा जिल्ला प्रहरी कार्यालय रौतहटलाई बदनाम गराउन अनेक षड्यन्त्र गरेको बाहिर आएपछि उनीमाथि विभागीय कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटको उजुरी शाखा, मिटर ब्याज शाखा र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुख रहेकोमा उनलाई कारबाही स्वरूप हाल सबै जिम्मेवारी बाट मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले बताएका छन्। ट्राफिक प्रहरी कार्यालय निजगढ बाराबाट भदौको अन्तिम साता रौतहट सरुवा भएर आएका इन्स्पेक्टर महतो आएदेखिनै मुद्दा फाँटका लागी प्रयासरत रहेका थिए। मुद्दा फाँट दिलाउन उनले विभिन्न दलका नेताहरूका साथै अन्य जिल्लाका केही पत्रकार लाई पनि गुहारेका थिए। तर जिल्ला प्रहरी प्रमुख एसपि दिलीप घिमिरेले उनीमाथि बिश्वास गर्न सकेनन् र उनलाई मुद्दा फाँटको जिम्मेवारी दिएनन्। उनले मुद्दा फाँटको जिम्मेवारी नपाएपछि रिसाएर हालका मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद विरुद्ध कपिल कल्पित समाचार लेख्न जिल्लाका केही पत्रकार लाई भनेको प्रहरीको भनाई छ।

तर एसपी घिमिरेको कार्यशैली र जिल्ला प्रहरी कार्यालय रौतहटको गतिविधि बारे जानकारी रहेका रौतहटका कुनै पनि पत्रकारले इन्स्पेक्टर उमाशंकर विरुद्ध कलम चलाएनन्। त्यतिमात्र नभई महतोले समाचार लेख्न भनेको बारे रौतहटका केही पत्रकारले सबैकुरा एसपी घिमिरे लाई जानकारी गराएसँगै षड्यन्त्रको खुलासा भएको थियो। जिल्लाका पत्रकारले त्यस्तो समाचार न लेखेपछि इन्स्पेक्टर रामकुमार महतोले जनकपुर र बाराका केही पत्रकार लाई भनेर पछिल्लो केही दिन देखि दैनिकजसो मुद्दा फाँटका इन्स्पेक्टर उमाशंकर प्रसाद र जिल्ला प्रहरी कार्यालय रौतहट लाई जोडेर विभिन्न किसिमका समाचार लेखाउँदै आएको प्रहरीको आरोप रहेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले इन्स्पेक्टर महतो माथि लागेको गम्भीर आरोपहरूको प्रमाण सङ्कलन गर्नेकामसँगै गहनारुपमा अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
इन्सपेक्टर महतो माथि लागेको आरोप पुष्टि भएमा सङ्गठन बदनाम गराउने माथि कडा विभागीय कारबाही गर्ने एसपी घिमिरेले चेतावनी दिएका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी लालमणि आचार्यले घटना बारे औपचारिक कुनै जानकारी नरहेको बताएका छन्।

गल्ति गर्ने प्रहरीलाई विभागीय कारबाहीको सिफारिस गर्ने अधिकार एसपीसँग छँदैछ जिल्ला प्रहरी कार्यालय रौतहटमा के भइरहेको त्यसको वास्तविकता बुझेर उचित कदम चाल्ने डिआईजी आचार्यले जानकारी
दिएका छन् ।
आरोपी इन्स्पेक्टर रामकुमार महतोसंग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा
उनी सम्पर्कमा आउन चाहेनन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles