इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान २०८१/को यहीँ फागुन १८ गतेदेखि सुरु भएको छ ।
मुस्लिम समुदाय तथा इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान एक महिने पर्व सुरु
भएको छ ।
रमजानको यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत पनि खाँदैनन् ।
बिहान लगभग ४ बजेबाट साँझ ६ बजेसम्म निराहार बस्नुलाई नै रोजा
भनिन्छन् ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छन् ।
रोजा बस्नेले बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्ने गरेको गर्छन् ।
रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्वत् को नवौँ महिना हो बताइएको छ ।
रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिएको हो बताइन्छ ।
मुस्लिम समुदायमा यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास परम्परागत आई रहिआएको बताइएको छ ।
यो पर्वमा दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता रहेको बताइन्छ ।
रमजानको व्रतका बेला मुस्लिम समुदायले मस्जिदमा गइ कुरानको केही भागहरु नमाजको रुपमा पढ्ने गरेको चलन रहेको बताएको छन् ।
एक महिनापछि व्रत समापनको अवसरमा इदुल फित्रको नमाज पढेर समापन हुनेछ भनिएको छ ।
त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानले रोजा बस्नुलाई गर्व मान्दछन् ।
नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन बताएको छ।
मुस्लिम समुदायहरुका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना हो मानिन्छ बुझिएको छ ।
यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा गर्ने हो ।
एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित हुनेछ भनिएको छ ।
त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ बताएको छ ।
यो रमजानको महिनामा दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यस पर्वलाई विशेष महिनाको रुपमा मानिएको हो
बताइएको छ ।


