हाल अहिले गौर नगरपालिकाले राइसमिलको सन्दर्भमा गरेको निर्णयलाई हामीले गम्भीर रुपमा लिएका छौं । खेलमैदान मात्रै होइन, गौर राइसमिलको मैदान विभिन्न समयमा मेला महोत्सव, धार्मिक तथा राजनीतिक कार्यक्रममा प्रयोग हुने यस एतिहासिक भुमिलाई समग्र जिल्लावासीको हितमा प्रयोग गर्न हामी अपिल गर्दछौं ।
राइसमिलको जग्गा संरक्षण गर्दै खेलकुदका गतिविधिलाई हामिले निरन्तरता दिने प्रण गर्दैछौं । विगत लामो समय देखी मैदानको देखरेख र स्तर उन्नती गरी रहेको रौतहट जिल्ला क्रिकेट संघले सदैव यस मैदानलाई आफ्नो राख्ने छ ।
समग्र जिल्लावासी तथा सरोकारवाला सबै निकाय संगको व्यापक छलफल र राय सुझाव अनुरुप यस मैदानलाई अधिग्रहण गर्न हामी अपील गर्दछौं । यस मैदानलाइ कसैले बिक्रि गर्न खोजे हामी त्यस्को प्रतिकार गर्न बाध्य हुनेछौं भनि प्रेस विज्ञप्तीमा उल्लेख छ ।