Tuesday, April 1, 2025

राजन अदिकारीद्वाराताप्लेजुङको निरीक्षणसम्पन्न:-

ताजा / भरखरै प्राप्त

प्रहरी नायव महानिरीक्षक राजन अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरकोप्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजन अधिकारीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (एसपी)रबि रावल लगायत सि.प्र.अ., जु.प्र.अ.हरुबाट स्वागत पश्चात जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षण भ्रमण गर्नु भई यस कार्यालयको कार्यालय प्रमुख निवास अगाडि बृक्षारोपण गर्नुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये भिड नियन्त्रण, विपद उद्वार कार्य तथा कार्यालयको प्रशासनिक क्षेत्रमा प्रसंशनिय कार्य गरेका प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्नुका साथै कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles