मकवानपुरकामा लुटिएका प्रहरीको पेस्तोल मकवानपुरका जंगलमा भेटिएको बताइएको छ ।
मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीको पेस्तोल लुटेर भागेका थिए । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका थिए ।
हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगलमा गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एकजना अधिकृतले बताएका छन् ।
सोमबार मध्यान्ह प्रहरीलाई देखेर २ केजी अफिम र मोटरसाइकल छाडेर लागुऔषध कारोबारी भागेका थिए ।अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले घेरा हालेर प्रहरीलाई कुटपिट समेत गरेर पेस्तोल लुटेर भागेका हुन् । ७ राउण्ड गोली लोड भएको टाइप–५४ पेस्तोल लुटपाट भएको थियो जिप्रका मकवापुरका अधिकृतहरुले बताउँछन् ।