भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका दुर्गा प्रसाइँलाई आज नेपालको काँकरभिट्टा प्रहरीलाई बुझाउँदै छ । दुर्गा प्रसाइँ निकट स्रोतका अनुसार उनलाई मानवअधिकारकर्मीको रोहबरमा नेपाल प्रहरीलाई बुझाउने भएको हो ।दुर्गा प्रसाइँलाई भारतबाट नेपाल ल्याइँदै गरेको हल्लापछि उनका आफन्त र शुभ चिन्तकको मेची पुलमा भीड लागेको छ । तर, नेपाल प्रहरीले भने अर्कै नाकबाट प्रसाइँलाई नेपाल ल्याउने तयारी गरेको छ ।
प्रहरी स्रोतका अनुसार मेची पुलमा भीड लोगेपछि प्रसाईँलाई गलगलिया नाकबाट नेपाल ल्याउने गरी रुट परिवर्तन भएको छ । गलगलिया नाका झापाको भद्रपुरसँग जोडिएको भारतीय सीमा हो । उनलाई लिन झापाका प्रहरी प्रमुख मिलन केसी गलगलिया हिँडेका छन् ।
प्रहरी श्रोतका अनुसार भारतीय प्रहरीबाट गलगलियामा प्रसाईँलाई हस्तान्तरण भएपछि चन्द्रगढी विमानस्थलबाट प्रसाईँलाई काठमाडौँ ल्याइने तयारी गरिएको छ ।चैत १५ गते तीनकुनेमा भएको राजावादी समर्थकको प्रदर्शन स्थलबाट उनी फरार भएका थिए । प्रसाईँविरुद्ध राज्य विरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ । सभार ।