
सशस्त्र प्रहरीद्वारा तस्करीको कपडा भन्सार दाखिला गरेको सशस्त्र पर्साद्वारा प्रहरीले जनाएको छ ।मिति २०८२।०२।०४ गते विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको विशेष टोलिले जि.पर्सा वीरगंज म.न.पा.-१ छपकैया गाउँ स्थित ३ वटा घरमा कर्डन तथा छापामारी गर्दा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरि लुकाई छिपाई ल्याई गोदाम गरी राखेको तस्करीको समान सशत्र प्रहरीले पक्राउ गरिएको र बिरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । बन्सार दाखिला मूल्य रु.६,९८,८००।- बरावरको तयारी कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले बताउँछन् । सशस्त्र प्रहरीकै सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरिक्षक डीएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।