महोत्तरीको बर्दिबासबाट कारमा लुकाएको गाँजासहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–११ घर भएका ३१ वर्षीय रगलाल सेङताङ छन् । मधेस प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरोको बर्दिबास शाखा र इलाका प्रहरी कार्यालय बर्दिबासको संयुक्त टोलीले आरोपीलाई पक्राउ गरेको बर्दिबास माइस्थानबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३० च ७८०५ नम्बरको इभी कारमा ४० केजी ४२० ग्राम गाँजा भेटिएको छ । सो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।


