

रौतहटमा ट्राफिक साप्ताह २०८२ को आज एक विशेष समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको जनाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको आयोजनामा आयोजित कार्यक्रममा विभिन्न सरकारी निकाय,र सुरक्षा निकाय, तथा स्थानीय तहका जनप्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको प्रमुख आतिथ्यमा उक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
यस् समारोहमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीज्यू तथा सहायक प्रमुख जिल्ला अधिकारी किरण निधि तिवारीज्यू, राैतहट जिल्लाका सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सन्तोष बस्नेतज्यू , नारायण दल गण राैतहट जिल्ला गौरका मेजर ऋषिकेश थापाज्यू, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कुमार कार्कीज्यू, र रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवाललगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । ट्राफिक साप्ताहको सन्देशलाई प्रभावकारी ढंगले फैलाउन यस्ता सार्वजनिक र सहभागितामूलक कार्यक्रमहरूको निरन्तरताले मात्र सडक दुर्घटना न्यूनीकरणमा सार्थक योगदान पुर्याउने विश्वास कार्यक्रम आयोजकले लिएका छन्।
ट्राफिक साप्ताहका अन्य कार्यक्रमहरू आगामी दिनहरूमा विभिन्न विद्यालय, बजार तथा सार्वजनिक स्थलहरूमा हुने ट्राफिक प्रहरी राैतहटले जनाइएको छ।