Friday, June 20, 2025

विनयी खोलामा आएको बाढीले यात्रुबाहकबस बगाएको बस भेटियो:-

ताजा / भरखरै प्राप्त

बुटवल-नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयी खोलामा आएको बाढीले बगाएको बस फेला परेको छ । बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको थियो, बसमा सवार तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति करिब ११ बजेतिर बगाएको हो । बसमा सवार सबै यात्रुहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी (डीएसपी) मधु नेपालले जानकारी दिएका छन् ।
बाढीले बगाएको बस करिब एक किलोमिटर तल फेला परेको प्रहरीले बताएका छन् । गत पुसमा भारतीय ओभरलोड ट्रकले पुल भाँचिएपछि यो सडकमा डाइर्भसन बनाइएको थियो । तर वर्षासँगैको बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध हुने गरेको स्थानीयको भनाईं रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles