सशस्त्र प्रहरी पर्साका (डीएसपी) सुब्बाले लाखौं लाखको कपडा र गाडी सहित ब्यक्ति पनि पक्राउ गरेका छन् ।
सशस्त्र प्रहरी डीएसपी करोड मूल्यको अवैध सामान भन्सार बुझाउने सफलता पाएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालका सीमा सुरक्षा गुल्म, वीरगञ्जका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाले सरुवा हुँदाहुँदै पनि तस्करीविरुद्ध ठुलो कारबाही गर्दै २१ लाख रुपैयाँ बराबरको तयारी कपडा र सवारीसाधन बरामद गरेको र भारतबाट भन्सार छली चोरीपैठारी गरिएको कपडा तस्करीको आरोपमा एक जना व्यक्तिलाई पनि पक्राउ गरेका छन् ।
संगठनको नियमित सरुवा र बढुवा प्रक्रियाअनुसार डिएसपी सुब्बाको पर्साका वीरगञ्जबाट सुनसरीस्थित १ नम्बर बराहा बाहिनीमा सरुवा भएको छ ।
तर आफ्नो जिम्मेवारी हस्तान्तरण हुनुअघि उनले फेरि एकपटक तस्करीमा संलग्न गाडी नियन्त्रणमा लिएर कारबाहीका लागि पर्साका बिरगंज भन्सामा बुझाएका छन् ।
सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१५ भानुचोकबाट ना १ ज ६८०९ नम्बरको सेतो रंगको TATA Winger Van मा भारतबाट भन्सार छली गरी चोरीपैठारी गरिएको तयारी कपडा लोड गरी हेटौंडातर्फ लैजाँदै गरेको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरीका टोली (डीएसपी)लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको गस्ती टोलीले वीरगञ्ज बसपार्कबाट हेटौंडातर्फ गइरहेको उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा बिना कागजातका तयारी कपडाहरु फेला पारेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
पक्राउ परेका गाडी चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ चौकी टोल निवासी ४० वर्षीय सुरेश कुमार महर्जनलाई सवारीसाधनसहित नियन्त्रणमा लिइएको छ।
बरामद गरिएको कपडाको विवरणः रु. १,०६,८५०।–
TATA WINGER VAN (ना १ ज ६८०९) : रु. २०,००,०००।–
जम्मा भन्सार मूल्य : रु. २१,०६,८५०।–
बरामद गरिएका सामग्री र तस्करलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
सशस्त्र प्रहरीका डिएसपी सुब्बाले पर्साका वीरगञ्जमा कार्यरत रहँदा ७ महिनाको अवधिमा करिब ८ करोड रुपैयाँभन्दा बढी मूल्यका विभिन्न प्रकारका अवैध सामानहरू बरामद गरी पर्साका बिरगंज भन्सारमा दाखिला गरेका छन् ।