

२०८२/५/७/ भदाै शनिबार भाद्र कृष्ण औंशी अर्थात बुबाको मुख हेर्ने दिन हो। देशभरका सनातन हिन्दू धर्मावलम्बीहरूले पितालाई विशेष सम्मान गरी मनाइरहेका छन् ।
जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।
पिताप्रति आदर सम्मान जनाउँदै मीठो खाना तथा राम्रो लुगा लगाउन दिने प्रचलन रहेको छ ।
बुबा नभएकाहरूले भने काठमाडौंको गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा रहेको छ । त्यस्तै रसुवा र नुवाकोटको सीमा बेत्रावती उत्तरगयालगायतका पवित्रस्थलमा पितृप्रतिको स्मरण गर्दै श्राद्ध गर्ने गरिन्छ ।
यसले पितृ ऋणबाट मुक्त भइने मान्यता छ । आजकै दिन वर्षभर देव तथा पितृ कार्यलगायतका धार्मिक कर्मका लागि आवश्यक कुश काटेर व्राह्मणले यजमानका घरमा पुर्याउने चलन छ । आजका दिनमा घर घरमा नयाँ कुश राखेमा रक्षा हुन्छ र छोएमा पापमुक्त भइन्छ, भन्ने मान्यता रहेको छ ।


