
बारा । बाराको फेटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा राकेश ओझा सोमबार औपचारिक रूपमा हाजिर भएका छन् । स्थानीय विकास र प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन ओझालाई हालै बाराको विश्रामपुर गाउँपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फेटा गाउँपालिकामा खटाएको हो ।गाउँपालिकामा हाजिर हुन पुगेका अधिकृत ओझालाई अध्यक्ष रुस्तम अन्सारीले फूलमालासहित स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले गाउँपालिकाको विकास, सुशासन र पारदर्शिता सुनिश्चित गर्न प्रमुख प्रशासकीय अधिकृतसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।त्यसैगरी, नयाँ अधिकृत ओझाले फेटा गाउँपालिकालाई नागरिकमैत्री र प्रभावकारी बनाउन आफ्नो सबै अनुभव र क्षमता प्रयोग गर्ने बताउँदै सहकार्य, पारदर्शिता र जवाफदेहितामार्फत काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।गाउँपालिका अध्यक्ष अन्सारी र प्रमुख प्रशासकीय अधिकृत ओझा दुबैको सकारात्मक भनाइले फेटा गाउँपालिकाको विकास र सुशासनप्रति स्थानीयवासीमा आशा पलाएको छ ।