




नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत आज मिति २०८२ भाद्र ९ गते जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआजी) डा. मनोज कुमार के.सी. सहितको केन्द्रिय मुल्याङकनको टोलीबाट जिल्ला प्रहरी कार्यालय झापाको कार्यालय भवन, सम्पूर्ण शाखाहरु, जनशक्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिबिधि, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरिएका नविनतम कार्य लगायत विविध विषयमा निरीक्षण तथा अवलोकन गर्नु भएको कार्यक्रम सम्पन्न भएको छ ।