
आज एक विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषयहरू संशोधन विना नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो।विज्ञप्तिमा भनिएको छ- ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ।’
नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर रहेको छ ।