Sunday, September 14, 2025

आज तीजको व्रत महादेवको पुजा आराधना गरि मनाइदै:-

ताजा / भरखरै प्राप्त

आज तीज पर्व काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालय मन्दिरमा भक्तजनको घुइँचो रहेको छ ।

हरितालिका तीजका दिन आज पशुपतिनाथ मन्दिरमा लाग्ने मेलामा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब ७ सय जना जनशक्ति परिचालन हुने भएको छ ।
जसमा १ सय ५० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरु खटियेका छन् ।
पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा महिला दिदीबहिनीहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी)जीवन के.सी.को कमाण्डमा आज मंगलबार राती २ बजेदेखि ड्यूटि परिचालन हुने भएको छ ।
पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोष्ट स्थानपना गरिएको छ भने मेलाको सम्पुर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्ने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles