Sunday, September 14, 2025

एआईजी डा.केसीद्वारा ट्राफि कार्यालय सुनसरीको निरीक्षण सम्पन्न:-

ताजा / भरखरै प्राप्त

एआईजी डा.मनोज के.सीद्वारा Police Baton अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय सुनसरीको निरीक्षण सम्पन्न भएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८२ अन्तर्गत भदौ १० गते नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय ,इटहरीको निरीक्षण भ्रमण सम्पन्न भएको बताइएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton)” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक एआईजी डा. मनोज कुमार के.सी. सहितको मूल्याङकनका टोलीबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीको कार्यालय भवन सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापन कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको अबलोकन समेतको निरीक्षण गर्नुभएको छ ।

साथै कार्यालयको समग्र काम कारवाहिको बिषयमा उक्त कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)सन्तोष श्रेष्ठले प्रस्तुतिकरण गर्नुभएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles