Monday, September 15, 2025

माओवादी कार्यालय पेरिसडाँडामा शिक्षक महासङ्घको धर्ना:-

ताजा / भरखरै प्राप्त

शिक्षकहरूले विद्यालय शिक्षा विधेयकमा आफूहरूको सबै माग सम्बोधन नभएको भन्दै दबाब दिने उद्देश्यले आज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन्।आन्दोलनको पहिलो चरणअन्तर्गत बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म २ घण्टा धर्ना बसिरहेका शिक्षकहरूले माओवादी केन्द्रका नेताहरूलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

नेपाल शिक्षक महासंघले भाद्र ११ गते बुधवारबाट सो विधेयकमा आफूहरूको माग सम्बोधन गराउने उद्देश्यले प्रमुख दलको मुख्यालयमा हरेक दिन २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने आन्दोलनको कार्यक्रम शुरु गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles