जिल्ला प्रहरी कार्यालय कैलालीको नेतृत्व अब प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सम्हालेका छन् ।
आज आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा चन्दले पदभार ग्रहण गर्दै आफ्नो जिम्मेवारी सम्हालेको हो आइतबार बिहानै कैलाली आइपुगेका उनलाई जिल्ला प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहसहित अन्य प्रहरी अधिकारी तथा कर्मचारीले स्वागत गरेका छन् ।