Thursday, October 9, 2025

सिरहाको लहानमा आमा-छोरा मृत भेटिए,९ महिने शिशु सिकिस्त:-

ताजा / भरखरै प्राप्त

लहान। सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् ।लहान नगरपालिका-१ मटिअर्वा घर भइ लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पंखामा झुण्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो ।आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैंले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
नव जनप्रहारबाट दभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles