
ट्रमा सेन्टरमा घाइते र मृतकको अवस्था बुझ्न पुगेका आफन्तहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आफन्तहरुले आरोप लगाएका छन् ।
घाइतेका आफन्तहरूले ट्रमा सेन्टर बाहिर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । त्यसक्रममा प्रहरीहरुले उनीहरूलाई नियन्त्रणमा लिन लाठीचार्ज गरेको बताइन्छ ।
सेन्टरमा उपचार भइरहेको आठ जनाको मृत्यु भइसकेको छ, भने अहिलेसम्म करिब ६० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ ।प्रदर्शन र नाराबाजीका कारण ट्रमा सेन्टर वरिपरिको वातावरण तनावपूर्ण बनेको बताइएको छ ।