Wednesday, June 3, 2026

प्रधनमन्त्री केपी शर्मा ओलीले दिएका छन् राजीनामा:-

ताजा / भरखरै प्राप्त

मुख्यसचिव र प्रधानसेनापतिसहित सुरक्षा प्रमुखहरूद्वारा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेको छ ।

मुख्यसचिव एकनारायण अर्याल र प्रधान सेनापति अशोकराज सिग्देलसहित सुरक्षा प्रमुखहरूले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेसँगै मुख्यसचिव अर्याल र सुरक्षा प्रमुखहरूले यस्तो अपिल गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’
आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles