Thursday, October 9, 2025

छिपहरमाईमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नं ३ जयमग्लापुर स्थित सडक खण्डमा गए राति मोटरसाइकल पुलमा ठोकिदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार मृतक रमेश साह जयमग्लापुर गाउँका स्थायी बासिन्दा रहेको छन् । उनी भारतिय मोटरसाइकलमा सवार रहेका थिए। मोटरसाइकल ठोकिँदा कल्भर्टमा खस्दा तल रहेको पानीमा गिरेर उनीको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताउँछन् ।

सुनसान क्षेत्रमा भएको दुर्घटनाका कारण राति नै,दुर्घटना भएका कारण तत्काल जानकारी नपुगेको बताइएको छ । बिहान मात्रै स्थानीयहरुले घटनाको बारेमा प्रहरीलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरीले घटनामा पुगेर मुचुल्का गरी अनुसन्धान सुरु गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles